प्रथम प्रधानमन्त्री नेहरूको सम्झना

पाेखरा | जेठ १३, २०७९

प्रथम प्रधानमन्त्री नेहरूको सम्झना

भारत:     काङ्ग्रेसले शुक्रबार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उहाँको ५८ औँ वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेर सम्झेको छ । नेता नेहरूका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृतिसभामा उहाँका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् ।

    

प्रथम प्रधानमन्त्रीले नेहरू अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हाल्नु भएको थियो । आज कै दिन अर्थात्  मे २७ १९६४ मा उहाँको निधन भएको थियो । काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरूप्रति पुष्पार्पणसहित श्रद्धाञ्जलि दिनुभयो । 

  

 काङ्ग्रेसले पण्डित नेहरूलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उहाँको पुण्यतिथिमा करोडौं अभिवादन र अर्बौं श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरूप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्